घान्द्रुक पर्यटन महोत्सव: भलिबल र बास्केटबलका लिग चरणका खेल जारी

पाेखरा | फागुन ८, २०८१

घान्द्रुक पर्यटन महोत्सव: भलिबल र बास्केटबलका लिग चरणका खेल जारी

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका –१० र ११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल र बास्केटबल प्रतियोगिता सुरु भएको छ । 


क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा पहिलो दिन २ खेल सम्पन्न भएको छ । पहिलो खेलमा माछापुच्छ«े घान्द्रुकले आयोजक रातोलाई २–० को सेटमा पराजित ग¥यो । दोस्रो खेलमा अन्नपूर्णले आयोजक निलोलाई २–० को सेटमा पराजित ग¥यो । 


५ टिमको सहभागिता रहेको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने महोत्सव संयोजक अमृत लामा गुरुङले जानकारी दिए । 


यस्तै पुरुष बास्केटबलतर्फ पहिलो खेलमा घान्द्रुक टुरिजमले टिम घान्द्रुकलाई ३०–२० ले पराजित ग¥यो । दोस्रो खेलमा टिम सामाकुसीले सिक्लेस युवा क्लबलाई ३८–३६ ले पराजित ग¥यो । 


तेस्रो खेलमा गण्डकी प्रदेशले माछापुच्छ«े युवा क्लबलाई ४१–२७ ले पराजित ग¥यो । चौथो खेलमा मेश्रम युवा क्लब कोट गाउँ घान्द्रुकले अन्नपूर्ण युवा क्लब किम्चेलाई २७–१८ ले पराजित ग¥यो । 


महोत्सव संयोजक गुरुङका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र  उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 


यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु भइरहेका छन् । महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुनेछ । 


कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्दु्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको  ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । महोत्सव अवधिभर पर्यटकलाई २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ । 


पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङसडकखण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ । 


घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ । 


 


 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्